Logo

खेलकुद

पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीले दिए बधाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

आइतबार नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ३१ बजे