Logo

Breaking News 1

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानैदेखि अवरुद्ध, पहिरो र लोदो पन्छाइँदै



काठमाडाैं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

उनका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीनवटा ट्रक ‘होल्ड’ गरिएको छ ।

ओखलढुंगा, सोलुखुम्बु, भोजपुरलगायत पूर्वी जिल्लाबाट राजधानीतर्फ गुडेका सवारीसाधनले केही समय कुर्नुपर्ने हुनेछ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ११ : ३७ बजे