Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।

बृष राशि
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

मिथुन राशि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

कर्कट राशि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

सिंह राशि
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कन्या राशि
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ।

तुला राशि
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

बृश्चिक राशि
आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ।

धनु राशि
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। विभिन्न भौतिक साधन प्राप्तिको योग छ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ।

मकर राशि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

कुम्भ राशि
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्।

मीन राशि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ५३ बजे