Logo

समाचार

चक्रे मिलन समूहका ४७ जना पक्राउ, पेपर स्प्रे र खुकुरी बरामद


१६ श्रावण २०८२, शुक्रबार  

667
Shares

काठमाडौं । काठमाडौं प्रहरीले कथित गुण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ नेतृत्वको समूहबाट पेपर स्प्रे र दुईवटा खुकुरी बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार साँझ महाराजगञ्जस्थित होटल साम्बालाबाट मिलनसहित ४७ जनालाई पक्राउ गरेको हो। उनीहरू मिलनको जन्मदिनको पार्टी मनाउन होटल पुगेका थिए।

प्रहरीका अनुसार समुहले होटलको छतमा ‘उदण्ड क्रियाकलाप’ सुरु गरेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो।

पक्राउ परेकाहरूले प्रयोग गरेका सवारीसाधनहरूमा तलासी गर्दा दुई थान खुकुरी र एक थान पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ। पेपर स्प्रे सामान्यतया आत्मरक्षाका लागि प्रयोग गरिने सामग्री हो।

प्रहरीले हाल पक्राउ परेकाहरूविरुद्ध के मुद्दा दर्ता गर्ने भन्नेबारे आन्तरिक छलफल गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ३१ बजे