काठमाडौं – आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा दल दर्ता प्रक्रियाको लागि आह्वान गरेको छ। आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ।
आयोगले यसअघि नै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ। उक्त तालिकाअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरिनेछ। सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ भने कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ।
यसबाहेक, २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका व्यक्तिहरू उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ।
प्रतिक्रिया