नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ ।

जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त ग¥यो । यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् ।



तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक
प्रतिक्रिया