Logo

मुख्य समाचार

काठमाडौंबाट खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित १ जना पक्राउ


१५ श्रावण २०८२, बिहिबार  

69
Shares

काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरले १०९.२२ ग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।

२०७९ साउन १४ गते साँझ ७:१५ बजे काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुसी टाउनप्लानिङ क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो। उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक व्यक्तिको साथबाट खैरो हेरोइन जस्तो देखिने १०९.२२ ग्राम लागू औषध फेला पारेको हो।

पक्राउ परेका व्यक्ति काठमाडौं जिल्ला, वडा नं. ३३ का स्थानीय बासिन्दा हुन्। प्रहरीले उनको साथबाट लागू औषध बरामद गरी नियन्त्रणमा लिएको छ। हाल उनलाई लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीले लागू औषध कारोबार तथा ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा लिन सतर्कता बढाएको जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ३ : २९ बजे