Logo

Breaking News 1

तोलामा ८ सय रुपैयाँले घट्यो सुन मूल्य


१५ श्रावण २०८२, बिहिबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ५४ बजे