Logo

Breaking News 1

प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष उपस्थित भई काम गर्न प्रतिबद्ध छौं : मन्त्री मास्के


१५ श्रावण २०८२, बिहिबार  

23
Shares

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा नीति निर्माण, योजना विकास, अध्ययन अनुसन्धान र बजेट खर्चका पक्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ ।

मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री अमनकुमार मास्केको सक्रियताले पूर्वाधार क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाएको छ ।

‘जनतालाई कुनै पनि भौतिक पूर्वाधारमा दुःख पर्दा म सधैं अगाडि छु,’ मन्त्री मास्केले भनेका छन्, ‘प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष उपस्थित भई काम गर्ने मेरो प्रतिबद्धता छ ।’

नीतिगत सुधारको पहिलो कदम
प्रदेशमै पहिलोपटक ‘बागमती प्रदेश भवन नीति, २०७९‘मन्त्रिपरिषद्बाट पारित भई भवन निर्माण प्रणालीमा एकीकृत र वैज्ञानिक दृष्टिकोणले काम थालिएको छ । त्यसैगरी ‘जग्गा एकीकरण योजना कार्यविधि, २०७९’, ‘भवन निर्माण सहि नीति, २०७९’, ‘आधारभूत संरचना प्रणाली’, र ‘प्रदेश सडक मापदण्ड, २०७९’ जस्ता महत्त्वपूर्ण दस्तावेजहरू तयार पारिएका छन् ।

योजना र अध्ययनमा गहिरो हस्तक्षेप
मन्त्रालयले सरकारी भवनहरूको डिजिटल विवरण राख्न २०८१ प्रणाली लागू गरेको छ । बृहत्तर विकासको लागि, बस्ती विकास र जलवायु सहनशील पूर्वाधार निर्माणसम्बन्धी अध्ययन, साथै उद्यमशील बजार केन्द्रको पूर्व–संभाव्यता अध्ययनसमेत सम्पन्न गरिएको छ ।

भवन संहिता कार्यान्वयनमा पनि प्रगति
सुरक्षित निर्माण प्रवद्र्धनका लागि Status of Building Code Implementation, BCI–२०८१ तयार गरिएको छ । यसले भवन संहिताको प्रभावकारिता मूल्यांकन गरी आगामी सुधारको आधार तयार पारेको छ ।

बजेट खर्चमा सन्तोषजनक प्रगति
आर्थिक वर्ष २०८१÷८२ मा मन्त्रालयले कुल विनियोजित बजेटको ५४.१ प्रतिशत खर्च गर्दै भौतिक पूर्वाधारको क्षेत्रमा कार्यसम्पादनमा उल्लेखनीय उपलब्धि देखाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ५१ बजे