Logo

धर्म / संस्कृति

आजको राशिफल


१५ श्रावण २०८२, बिहिबार  

69
Shares

आज मिति २०८२ साउन १५ गते बिहीवार, ३१ जुलाई २०२५। श्रावण शुक्लपक्ष सप्तमी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ११ः४१ बजेपछि तुला।

मेष राशि
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ।

बृष राशि
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मिथुन राशि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्।

कर्कट राशि
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला।

सिंह राशि
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्।

कन्या राशि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त नजिकिनेछन्।

तुला राशि
खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ।

बृश्चिक राशि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

धनु राशि
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

मकर राशि
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

कुम्भ राशि
परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ।

मीन राशि
प्रियजनको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ५ : ५५ बजे