Logo

मुख्य समाचार

रञ्जीता श्रेष्ठ नाउपाको अध्यक्षबाट पदमुक्त



काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइएको छ। बुधबार काठमाडौंमा पार्टी संरक्षक रेशम चौधरीको संयोजकत्वमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठ कास्कीको लिचीबारी घुसकाण्डमा मुछिएकी थिइन्। उक्त प्रकरणमा पार्टीले उनीसँग स्पष्टीकरण मागे पनि उनले जवाफ नदिएको पार्टी अनुशासन आयोगका अध्यक्ष रामलाल डगौराले जानकारी दिए। डगौराका अनुसार, “अध्यक्षलाई स्पष्टीकरण सोधिएको थियो, तर जवाफ नआएपछि भेलाले उहाँलाई पदमुक्त गर्ने निर्णय अनुमोदन गर्‍यो।”
श्रेष्ठले जवाफ नदिई वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकी आफू पन्छिएकी थिइन्।
भेलाले २०१ जना केन्द्रीय सदस्य अध्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने निर्णयसमेत गरेको छ। पार्टीले आगामी भोलि बिहीबार बिहान ११ बजे अर्को भेला डाकेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ५५ बजे