काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया