काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामा अपदस्थ भएका छन्। मंगलबार सम्पन्न विश्वास मत प्रक्रियामा लामाको पक्षमा १५ मत मात्र पर्दा विपक्षमा २२ मत परेको छ।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेका अनुसार दलको आन्तरिक मत विभाजनपछि लामाले संसदीय दलमा विश्वास गुमाएका हुन्। यससँगै लामाको नेतृत्त्वविरुद्ध उठेको असन्तुष्टि औपचारिक रूपमा पुष्टि भएको छ।
लामाको विकल्पका रूपमा कांग्रेस प्रदेश सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। दलभित्र बहुमत सांसदको समर्थन पाएका बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी कांग्रेस सांसदहरूबीच सुरु भएको छ।
मुख्यमन्त्री रहेका लामा अब नैतिक रूपमै राजीनामा दिनुपर्ने दबाबमा छन्। नयाँ सत्ता समिकरणका लागि राजनीतिक छलफल तीव्र बनेको छ।
प्रतिक्रिया