कन्चनपुर । नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् ।
२०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।
उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’
त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए ।
‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने ।
प्रतिक्रिया