Logo

Breaking News 1

खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक


१३ श्रावण २०८२, मंगलबार  

299
Shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । बहालवाला खानेपानी मन्त्री श्याम खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध जाने भएका छन् ।

मन्त्री खड्काले बिहान १० बजेसम्म सहमति भएमा मतदान प्रकृयामा जान नपर्ने बताए पनि यदि मतदान भयो भने मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।

यसअघि कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै फिर्ता लिएका थिए ।

अब खड्का खुलेर विपक्षमा गएपछि ३७ मध्ये २० सांसद मुख्यमन्त्रीविरुद्ध स्पष्ट देखिएका छन् । संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ । आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : २० बजे