आज मिति २०८२ साउन १३ गते मंगलवार, २९ जुलाई २०२५। श्रावण शुक्लपक्ष पञ्चमी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या।
मेष राशि
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला।
बृष राशि
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
मिथुन राशि
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
कर्कट राशि
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
सिंह राशि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ।
कन्या राशि
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।
तुला राशि
आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ।
बृश्चिक राशि
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ।
धनु राशि
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
मकर राशि
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
कुम्भ राशि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मीन राशि
माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।
प्रतिक्रिया