Logo

मुख्य समाचार

विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नियुक्त



काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्। न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले पौडेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका पूर्व मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण अवकाशमा गएपछि सो पद रिक्त थियो। रिक्त पदमा पौडेलको नियुक्तिसँगै सर्वोच्चको प्रशासनिक नेतृत्वमा नयाँ व्यक्ति आएका छन्।

पौडेल न्याय प्रशासनमा लामो अनुभव भएका अधिकारी मानिन्छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ०४ बजे