चितवन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन् । चनौली वितरण केन्द्रमा देखिएको लोड व्यवस्थापनको समस्या अध्ययन गर्न शाक्य चितवन आइपुगेका हुन् ।
अत्यधिक लोडका कारण संरचनामा समस्या देखिएपछि चनौली वितरण केन्द्रले साउन ११ गते लोडसेडिङको तालिका सार्वजनिक गरेको थियो । त्यसपछिको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्यको नेतृत्वमा प्राधिकरणको टोली चितवन पुगेको हो ।
शाक्यले भरतपुरस्थित सबस्टेसन र अन्य वितरण केन्द्रको मर्मत तथा निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् । उनले अत्यधिक लोडका कारण सिर्जित समस्या समाधानका लागि दीर्घकालीन योजना बनाइनुका साथै तत्कालका मर्मत कार्य तीव्र बनाइने जानकारी दिएका छन् ।
प्राधिकरणले निरीक्षणपछि समस्या समाधानका लागि आवश्यक निर्णय लिने जनाएको छ ।
[File Photo]
प्रतिक्रिया