Logo

प्रदेश

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन, सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन



पोखरा । नेपाल समानवादी पार्टी (नयाँ शक्ति)ले विभिन्न माग राखी गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शनसहित ज्ञापन–पत्र बुझाएको छ ।

आइतबार बिहान कास्की जिल्ला प्रशासन कार्यालयमा अगाडि प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र (विज्ञप्ति) हस्तान्तरण गरिएको हो ।

देशभरि भइरहेको भ्रष्टाचारको अनुसन्धान, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा विज्ञ र दक्ष व्यक्तिहरूबाट गठन हुने मन्त्रीमण्डलको माग गर्दै ज्ञापन–पत्र बुझाएको नेसपा (नयाँ शक्ति) गण्डकी प्रदेशका संयोजक नेत्र चापागाईले बताए ।

उनले अख्तियार प्रमुख भ्रष्टाचारको मुद्दामा मुछिएको भन्दै तत्कालै राजीनामा दिन लगाएर गिरफ्तार गर्न समेत माग गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ५१ बजे