काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई उज्यालोतर्फ डो¥याउन नकारात्मक विचारहरु बाधक हुने उल्लेख गरे ।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरिएको ‘अक्षलोक’ साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए ।
सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सडक तथा पूर्वाधारहरुको विकासले ग्रामीण उपजहरुलाई बजारसम्म लैजान, बजारका उत्पादनहरु गाउँसम्म पु¥याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशिलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरुलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए ।
लेखन, साहित्य, सिर्जना जस्ता विषयहरुले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले बिचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरुको विस्तार गर्न सकिने उनले बताए । कार्यक्रममा डा. भगवान कोईराला सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया