Logo

Breaking News 1

जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी



मुगु । जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिन तल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो ।

आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोन मार्फत इलाका प्रहरी पोस्ट उर्थुचौतारामा प्राप्त भएको थियो ।

सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको कमान्डमा तीन जना प्रहरी टोली खटिएको थियो । उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : ५८ बजे