सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुर्नसंरचना आवश्यक रहेको बताएका छन् ।
प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिकाटिप्पणी उठन थालेको बताउँदै मुख्यमन्त्री कडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्र्तगतका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यता रहेको धारणा राखेका हुन् ।
कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुर्नसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफना सरोकारका विषयहरु राख्दा मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्देै लैजानुपर्ने बताए ।
आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कडेलले प्रशासनिक पुर्नसंरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ती विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए । प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरु भयवित नहुन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिए । ‘कर्णालीमा सेवा गर्न आउनु भएको छ, उनले भने, ‘तपाईहरुको बृत्ति विकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्दैेन ।’
मुख्यमन्त्री कँडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरि सरकारले छलफल चलाउने जानकारी पनि दिए । उनले समयको माग र आवश्कतालाई दृष्टिगत गरि ढिलो चाँडो संरचनाहरु पुर्नंसंरचना गर्ने पर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी रहेको बताए ।
मुख्यमन्त्री कँडेलले प्रदेशले अरुको नक्कल भन्दा आफनै प्रदेशको यर्थाथता र आवश्यकताका आधारमा आफना संरचनाको विकास र पुर्नसंरचना गर्नुृपर्ने बताए ।
उनले भने, ’कुनैबेला व्यक्ति व्यवस्थापन गर्रन भ्mयालमा भ्mयालमा मन्त्रालयको साइनबोर्ड झुण्ड्याएर विकृति भित्रिने काम गरियो, त्यसले समग्र प्रदेशको औचित्यमाथि नै प्रश्न उठायो, अव त्यस्ता विषयलाई पुनरावृत्ती नहुने गरि हामीले सोच्नैपर्छ ।’
प्रतिक्रिया