Logo

कर्णाली प्रदेश

योजना कागजमा बनाएर भएन कार्यान्वयनमा ध्यान दिनु पर्छ : मुख्यमन्त्री कँडेल


९ श्रावण २०८२, शुक्रबार  

46
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कागजमा योजना बनाएर कर्णालीको समृद्धि नहुने भन्दै बजेट कार्यान्वयनमा गम्भीर भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

अगाडिका बर्षहरुमा घिल्लो देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले विगतमा केकस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्छ ।’

मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्नेमा पनि जोड दिए । योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिए । 

जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो । संघिय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरूबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकासको जनताले अनुभुति गर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : १५ बजे