काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् ।
उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ ।’
यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् ।
उनले भनिन्, ‘कानून हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया