Logo

समाचार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार


९ श्रावण २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । 

शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ०६ बजे