Logo

मुख्य समाचार

खाद्यविद् बरालको ‘मःमःका पाइलाहरु’को विमोचन


९ श्रावण २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरुझ को विमोचन भएको छ । बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभलझमा विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ ।’

नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन् । कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए ।
अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए । कार्यक्रमको आयोजकमा मोः मोः फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो ।

पोखरामा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन् । जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरुका सह संस्थापक बराल बिनोद बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन् । सन् २०२२ मा कतारमा अयोजित फिफा विश्व कपमा खेलाडीहरुलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुड्विल एम्बेसडर’ पनि हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : १३ बजे