Logo

धर्म / संस्कृति

आजको राशिफल


९ श्रावण २०८२, शुक्रबार  

46
Shares

आज मिति २०८२ साउन ९ गते शुक्रवार, २५ जुलाई २०२५। श्रावण शुक्लपक्ष प्रतिपदा तिथि। तिष्य नक्षत्र, १७ः२१ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट।

मेष
सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।

वृष
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

मिथुन
अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ।

कर्कट
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन्।

सिंह
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

कन्या

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

तुला
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

वृश्चिक
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

धनु
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

मकर
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ।

कुम्भ
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

मीन
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ५९ बजे