Logo

शिक्षा

त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।

आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ  गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

आन्दोलन संयोजक मनिष चम्लागाईले बताए अनुसार, केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ । विद्यार्थीहरूमाथि आर्थिक भार हुने निर्णय तत्काल फिर्ता लिनुपर्छ । यदि माग सम्बोधन भएन भने आन्दोलन थप सशक्त  बनाइनेछ ।

अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको छ । सो अवधिमा माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी पनि दिइएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ७ : ५१ बजे