काठमाडौं । सशस्त्र प्रहरी बल अन्तर्गतको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिग अन्तर्गत न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गरेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका प्रशिस खनालले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
प्रशिसको गोललाई खेलको अन्तिम समयसम्म जोगाउँदै एपीएफले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो। यो जितसँगै एपीएफले लिगमा १५ अंक बनाएको छ। एपीएफले हालसम्म खेलेका आठ खेलमध्ये पाँचमा जित र तीनमा हार व्यहोरेको छ।
अब एपीएफले नवौँ खेलमा फ्रेन्ड्स क्लबसँग साउन ११ गते आइतबार बिहान १० बजे प्रतिस्पर्धा गर्नेछ। उता, पराजित एनआरटीले सोही दिन अपराह्न ४ बजे प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ।
प्रतिक्रिया