Logo

धर्म / संस्कृति

२०८२ साउन ८ गते आजको राशिफल



आज मिति २०८२ साउन ८ गते बिहीबार, २४ जुलाई २०२५। श्रावण कृष्णपक्ष औंसी तिथि। पुनर्वशु नक्षत्र, १७ः४३ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ११ः५२ बजेपछि कर्कट।

मेष राशि
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।

बृष राशि
रोकिएका काम आंशिक रूपमा बन्नेछन् भने उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। मिहिनेत गर्दा रोकिएका काम पुनः सञ्चालन हुन सक्छन्।

मिथुन राशि
आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको राय लिएर मात्र अघि बढ्नुहोला।

कर्कट राशि
दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पाहुनाहरूको सत्कार र खानपानमा समय बित्न सक्छ।

सिंह राशि
शुभचिन्तकहरू समेत टाढिन सक्छन्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ। अवसरको खोजीमा केही दौडधुप र खर्च समेत गर्नुपर्ने हुन सक्छ।

कन्या राशि
मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट नाफा कमाउन सकिनेछ।

तुला राशि
अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही काम गर्न सकिनेछ।

बृश्चिक राशि
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।

धनु राशि
परिस्थिति अनुकूल रहे पनि धनमाल हराउने डरले सताउन सक्छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ।

मकर राशि
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

कुम्भ राशि
कामको मेसो नमिल्दा व्यवहारमा केही अलमल हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ।

मीन राशि
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ५ : ४४ बजे