Logo

मुख्य समाचार

वार्षिक कार्यसम्पादनमा डिभिजन वन जुम्ला कर्णालीकै पहिलो



मुगु ।  वार्षिक कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशकै पहिलो भएको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनका विभिन्न कामहरु समयमा नै सम्पन्न गरेकोमा डिभिजन वन कार्यालय पहिलो भएको हो ।

कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ ।

हाल डिभिजन वन कार्यालय जुम्ला जुम्लाकै भरत बुढ््थापाले हाकि रहेका छन् । उनको कार्यसम्पादन, कर्मचारी परिचालन तथा समन्वयको कार्यकौशलता कार्यक्रम कार्यान्वयमा देखिएपछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएको हो ।

सुर्खेतमा आयोजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयको प्रगती समिक्षा कार्यक्रममा उत्कृष्ट वन डिभिजनलाई सम्मान गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घोषित भएपछि थप जिम्मेवारी महसुश भएको बताए ।

तोकिएको जिम्मेवारी पूरा गर्दै गर्दा तालुक निकायबाट कामको प्रशंसा हुँँदा खुसी लागेको उनको भनाई छ ।

मन्त्रालय अन्तर्गत वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेको काम अन्य जिल्लाका लागि पनि अनुसरण योग्य रहेको मन्त्रालयका सचिव श्रेष्ठले बताए । डिभिजन वन कार्यालय जुम्लाको कुल बजेटको ७८.३५ प्रतिशत खर्च भएको छ । उनले अन्य जिल्लामा पनि सन्तोसजनक मात्र प्रतिशत आएको समेत बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ३९ बजे