Logo

समाचार

‘श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए काउन्सिलमा उजुरी दिने व्यवस्था होस’



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।

मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘ यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ । श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ । श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक छ । श्रमजीवि पत्रकारहरुको विषयका उल्लेख नभएको र उहाँहरु समस्यामा परिरहेको देखिरहेका छौ । त्यसकारण मैले यो संशोधन राखेको छु ।’

उपाध्यक्ष घिमिरेले विधेयकले साइबर अपराध नियन्त्रणका लागि कानुनी आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आवश्यक परिभाषा, व्याख्या र संशोधनमार्फत विधेयकलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरिन् ।

समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : २५ बजे