Logo

मुख्य समाचार

विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता



काठमाडौं । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रका हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले अहिले नेपाल अत्यन्तै धेरै विपद्को जोखिमा रहेकाले यो सम्झौता महत्वपूर्ण रहेको बताए ।

उनले विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्ने, तत्काल चाहिने र अत्ति आवश्यक राहतहरु पठाउने जानकारी गराए ।

उनले भने,‘हामी अत्यन्तै धेरै विपद्को जोखिमा छौं । त्यसैले विपद्को पूर्व सूचना र प्रतिकारका लागि तयारी अवस्थामा बस्नुपर्ने छ । एउटा महत्वपूर्ण काम हामीले गरेको छौं । सूचनाहरु पहिले नै लिइ सो ठाउँका मानिसहरुको ज्यानको सम्पत्तिको रक्षा गर्ने कुरामा अगाडि बढ्छौं । विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्न र तत्काल चाहिने र अत्ति आवश्यक राहत पठाउन सकिने छ ।’

यस्तो छन् ,समझदारीका शर्तहरूः

१. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ बीच निम्न क्षेत्रहरूमा सहकार्य गर्ने गरी यो सम्झौता गरिएको छ ।

क. खोज तथा उद्धार।

ख. राहत, उद्धार सम्बन्धी सामाग्री ढुवानी।

ग. विपद् प्रभावित क्षेत्रको अध्ययन÷अवलोकन उडान।

घ. भौगोलिक नक्साङ्कन तथा ३म् इमेजिङ ।

ङ. क्षति मूल्याङ्कन।

च. सूचना संकलन तथा विश्लेषण।

२. विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्रथम पक्षले आवश्यक देखी माग गरेमा दोस्रो पक्षले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलट सहित) उपलब्ध गराउनु पर्नेछ र सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्रथम पक्षले नियमानुसार गर्नेछ।

३. मानव रहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५ र CAAN,Unmanned Aircraft System Requirements -UASR–२०२१ बमोजिम दोस्रो पक्षले सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालन गर्ने गरी अनुमति लिई आफ्नो उपकरणको उडान सम्बन्धी सम्पूर्ण कार्य सम्पादन गर्नुपर्नेछ ।

४ दोस्रो पक्षले प्रथम पक्षसँगको सहकार्यमा हुने कार्यहरू समयमै, गुणस्तरीय र जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्नेछ ।

५.प्रचलित कानून र बुदाँ नं. ३ को अधीनमा रही ड्रोन उडान सम्बन्धी अनुमति लिएका दोस्रो पक्षलाई विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्रथम पक्षले गर्नेछ।

ड्रोन सञ्चालनका सन्दर्भमा मार्गनिर्देशन,समन्वय र सहजिकरणको लागि तपशिल उल्लेखित प्रतिनिधि रहेको एक समन्वय समिति गठन हुनेछः

क. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख – संयोजक

ख. गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा प्रमुख – सदस्य

ग. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सम्बन्धित क्षेत्र हेर्ने उपसचिव – सदस्य

घ. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, फ्रिक्वेन्सी हेर्ने उपसचिव –सदस्य

ङ. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत नेपाल प्रहरीका प्रतिनिधि – सदस्य

च, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सशस्त्र प्रहरी बलका स.प्र.ना.उ.– सदस्य

छ. नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित क्षेत्र हेर्ने उपसचिव वा सो सरहका प्रतिनिधि – सदस्य

ज. दोस्रो पक्षका प्रतिनिधि (एक जना) सदस्य

७. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने÷गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्ने।

८. यो समझदारी हस्ताक्षर भएको मितिले एक बर्षसम्म कायम रहनेछ र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : १२ बजे