Logo

समाचार

गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए ।

उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ५१ बजे