काठमाडौं । नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले यही श्रावण १३ गते ३१ औं कार्गो दिवस मनाउने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका उपाध्यक्ष नरेश कुमार अग्रवालले श्रावण १३ गते ३१ औं कार्गो दिवस मनाउने जानकारी दिएका हुन् ।
कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभइ देशको समग्र आपूर्ति श्रृखंलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे ।
लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तराष्ट्रिय मापदण्डसंग जोड्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
उनले भने,‘कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभई देशको समग्र आपूर्ति श्रृखलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा गहन विचार विमर्श गर्ने अवसर प्रदान गर्दछ । यो दिवसले हाम्रो लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गर्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’
कार्गो दिवस मनाउनु नेपालको व्यापार र आर्थिक वृद्धिका लागि एउटा अपरिहार्य कदम रहेको पनि उनको भनाइ छ ।
‘नेपालमा कार्गोको सहज प्रवाहले उत्पादन लागत घटाउन समयमै सामान आयात निर्यात गर्न र समग्रमा नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्छ । त्यसैले कार्गो दिवस मनाउन नेपालको व्यापार र आर्थिक बधिका लागि एउटा अपरिहार्य कदम रहेको छ । यसले नेपाली उद्योगी व्यवसायीहरुलाई विश्व बजारमा जोडिन थप सहजता प्रदान गरेको छ । ’
कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न अन्तरक्रिया गरिने र सम्मान गरिने समेत उनले जानकारी दिए ।
प्रतिक्रिया