Logo

मुख्य समाचार

कांग्रेसको धारणा: पूर्वराष्ट्रपति राजनीति फर्कनु उपयुक्त होइन, एमालेले स्पष्ट निर्णय गर्नुपर्छ



काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिले सक्रिय राजनीतिमा फर्कनु उपयुक्त नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ।
कांग्रेस नेताहरूले मंगलबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपतिले पुनः पार्टी राजनीतिमा सक्रियता जनाउनु राष्ट्रको मर्यादासँग बाझिने भन्दै आपत्ति जनाएका छन्।
कांग्रेस नेता गोपालमान श्रेष्ठले राष्ट्रपतिको पद देशको एकताको प्रतीक भएकाले त्यस्तो जिम्मेवारी सम्हालेको व्यक्तिले फेरि पक्ष वा विपक्षमा लागेर दलगत राजनीति गर्नु नहुने बताए।

उनले नेकपा (एमाले)लाई सम्बोधन गर्दै भने, “यस विषयमा एमालेले गम्भीर छलफल गरी उचित निर्णय लिनुपर्छ। पूर्वराष्ट्रपति भएर सम्मानपूर्वक बस्नुपर्ने हाम्रो धारणा हो।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। उनले गत वर्ष नै एमालेको सदस्यता नवीकरण गर्दै पुनः राजनीतिमा सक्रिय हुने संकेत दिएकी थिइन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली यस विषयमा स्पष्ट रहेको कांग्रेसको भनाइ छ। कांग्रेसले एमालेले जिम्मेवार ढंगले निर्णय लिने अपेक्षा राखेको जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : ३३ बजे