Logo

मुख्य समाचार

चिनियाँ नागरिकबाट २ किलो सुन र २४ लाख नगद बरामद



काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याठाबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई सोमबार एक होटेलबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये एक पुरुष र एक महिला रहेका छन्। उनीहरूको परिचय चुनलिङ र समेचुङका रूपमा खुलाइएको छ।
कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। प्रहरीले बरामद गरिएको सुन र नगदको स्रोत, प्रयोजन तथा तस्करीसँग सम्बन्ध भए/नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : २३ बजे