Logo

Breaking News 1

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त



काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन् । मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो ।

कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा स्वागत गरेका थिए । कार्यकारी निर्देशक भुसालले प्रतिस्पर्धी मिडिया बजारमा नविनतम सोचका साथ अघि बढ्दै स्पेस फोरकेलाई कोसेढुङ्गा सावित हुने गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।

नवनियुक्त सीईओ गिरीले मिडिया क्षेत्रको आफ्नो लामो अनुभवलाई व्यवहारमा उतार्दै प्रभावकारी ढंगमा सञ्चारगृह सञ्चालन गर्ने बताए ।

उनले टीमवर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने पनि बताए । अध्यक्ष डा.शाहीले मिडियाप्रतिको आम नागरिकको दृष्टिकोण नै बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै नयाँ भिजन र मिसनसहित परिणाममुखी कामका लागि सबैको सक्रिय भूमिका रहने बताए ।

गिरीसँग दुई कार्यकाल गरी कान्तिपुर मिडिया ग्रुपमा आठ वर्षको अनुभव छ । त्यस्तै, उनले ग्यालेक्सी मिडिया ग्रुपलगायत अन्य मिडिया हाउसहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३६ बजे