Logo

राजनीति

कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पूरानो, थोत्रो, खराब र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए ।

समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो ।

‘आज नेपाली कांग्रेसका लागि चुनौती भनेकै पार्टी पुरानो, थोत्रो भयो भन्ने भाष्यलाई चिर्नु हो । पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । विचारको मन्थन हुनुपर्छ,’ उनले अगाडि भने,‘हामी कसैको निम्तालु भएर जाने होइन, हामीले पो कसैलाई निम्तालु बनाएर बोलाउने हो । छलफल र बहस गर्ने विषय यही नै हो ।’

त्यस क्रममा नेपाली कांग्रेस भित्र एउटा व्यवस्थित पुस्तकालय बन्न जरुरी थियो त्यो बनेको जिकिर गरे । विभागीय प्रमुख अजयबाबु शिवाकोटीको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीलाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ४६ बजे