काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई बालिका बलात्कारको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले आइतबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले केही समयअगाडि दर्ता भएको बालिका बलात्कारसम्बन्धी उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरेको थियो।
गत जेठमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अहिराजमाथि हाल पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।
४ श्रावण २०८२, आइतबार
138
Shares
प्रतिक्रिया