काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष मुकुन्दश्याम गिरीले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान विपरीत आफूलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
गिरीले आइतबार केही नेताहरुसहित आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन्। उनले पार्टीभित्र पदाधिकारी र सदस्यहरूलाई निलम्बन तथा हटाउने प्रक्रिया नियमनविपरीत सञ्चालन भइरहेको आरोप लगाएका छन्।
“माथि अन्याय भएको महसुस भएको छ। यसले मेरो राजनीतिक जीवनमा असर पार्न सक्छ र पार्टीप्रति गरेको योगदानलाई नै धुमिल पार्न खोजिएको छ,” गिरीले आयोगमा उजुरीपछि सञ्चारकर्मीसँग भने।
गिरीले आफूविरुद्ध लिइएको निर्णयको खारेजीको माग गर्दै आयोगसमक्ष न्यायको याचना गरेका छन्।
प्रतिक्रिया