Logo

Breaking News 1

पुखौंली सुनचाँदी पेशा सीप बचाउ महा–अभियानले आज महासङ्घको कार्यालय घेराउ गर्ने



काठमाडौं । पुखौंली सुनचाँदी पेशा सीप वचाउ महा–अभियानले आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घको कार्यालय घेसराउ तथा विरोध प्रदर्शन गर्दै छ ।

आइतबार बिहान ११ बजे महा–अभियानले सुनचाँदी पेशा माथि राज्य आंतक र सुनचाँदी महासंघहरूको वेथिती विरुद्ध महासङ्घको कार्यालय घेराउ तथा विरोध पर्दर्शन कार्यक्रम गर्न लागेको हो ।

सुनचाँदी व्यवसायीहरुले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४८ बजे