Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८२ साउन ४ गते आइतवार, २० जुलाई २०२५। श्रावण कृष्णपक्ष दशमी तिथि, १०ः४५ बजेपछि एकादशी। कृत्तिका नक्षत्र। चन्द्रराशि मेष, प्रातः ५ः४० बजेदेखि वृष।

मेष
स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिनाले काम अधुरो रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

वृष
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ। दिगो फाइदा हुने योजना समेत कार्यान्वयन गर्न सकिनेछ।

मिथुन
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

कर्कट
शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ काम शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

सिंह
परिस्थितिवश नियमित काम अधुरो रहला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ।

कन्या
लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

तुला ते
आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।

वृश्चिक
सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।

धनु
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

मकर
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

कुम्भ
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले केही समस्या पनि देखापर्ने सम्भावना छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन
सानो प्रयत्नले तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २२ बजे