Logo

Breaking News 1

सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको सकंख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ ।

२०८२ साउन ३ गते सम्म कोषमा आवद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ । ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अर्ब ७६ करोड ९३ लाख २४ हजार ६३५ रुपैयाँ योगदान गरेका छन् । कोषमा हाल सम्म २० हजार ९८७ रोजगार संलग्न भएका छन् ।

गत असार सम्म कोषमा कुल २३ लाख १४ हजार ९६ जना श्रमिक जोडिएका थिए । एक महिनाको अबधिमा कोषमा ६९ हजार ७६० जना श्रमिक आवद्ध भएका हुन् ।

कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दाबि गरिएको छ ।

त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दाबि गरिएको छ ।

निजी क्षेत्रमा काम गर्ने कामदारहरुलाई पेन्सन तथा बीमा जस्ता सुरक्षाका विषय नभएकाले त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सरकारले २०७६ चैत देखि सामाजिक सुरक्षा कोष स्थापना गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ४५ बजे