Logo

राजनीति

एमालेको जारी पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थिती बारे छलफल


२ श्रावण २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समसामयिक राजनैतिक परिस्थितीमा र मुलत यो विधायन अधिवेशनको तयारीको सन्दर्भमा र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विधायनका विषयलाई लिएर निर्माण गर्न खोजिएका गलत भाष्यहरुको सन्दर्भमा पार्टी बैठकलाई विस्तारपूर्वक जानकारी गराउनुभयो ।’

नेता गौतमले अहिलेको मुख्य काम विधायन अधिवेशन रहेकाले यसमै बैठक केन्द्रित रहेको बताए ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रमका विषयमा सरकारका बारेमा उहाँले आफ्ना महत्वपूर्ण भनाईहरु राख्नुभयो । मूलत अहिलेको हाम्रो मुख्य काम विधायन अधिवेशनको काम हो ।’ उनले भने ।

उनका अनुसार बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नेक्रम जारी  रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १९ बजे