Logo

मधेश प्रदेश

नेपालमा दैनिक ७ जनाको सडक दुर्घटनामा मृत्यु, सबैभन्दा बढी दुर्घटना मधेसमा: गृहमन्त्री लेखक


२ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा दैनिक सात जनाको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यो अवस्था “भयावह” भएको उल्लेख गरे। उनका अनुसार देशभर दैनिक रूपमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या सात रहेको छ, भने दुर्घटनाको संख्या पनि दिनप्रतिदिन बढ्दो छ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले पछिल्लो एक वर्षमा २५५० जनाको सडक दुर्घटनामा मृत्यु भएको जानकारी दिए। उनका अनुसार एक वर्षमा कुल ३२ हजार ६ सय सवारी दुर्घटना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २५.१५ प्रतिशतले बढी हो।

आईजीपी थापाले सबैभन्दा धेरै सवारी दुर्घटना मधेस प्रदेशमा हुने गरेको पनि बैठकमा जानकारी गराए।

सडक सुरक्षाको अवस्थालाई लिएर गम्भीर चासो व्यक्त गर्दै गृहमन्त्री लेखकले दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बताए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ४५ बजे