Logo

समाचार

किरण मानन्धरको विशेष एकल कला प्रदर्शनी



काठमाडौं । एनसेल फाउन्डेसनको सहयोगमा नेपालका प्रभावशाली कलाकार किरण मानन्धरले विशेष एकल प्रदर्शनी ‘किरण’ म्युजियम अफ नेपाली आर्ट (एमवोएनए ) प्रश्तुत गरिएको छ ।

प्रदर्शनी १७ जुलाई (आज) देखि सेप्टेम्बरसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको ठमेलस्थित नेपाली कला संग्रहालयमा हुनेछ ।

सो क्रममा कलाकार मानन्धरले नेपाली कला युरोपमा भन्दा धेरै माथि गएपनि युवा वर्गले अवसर पाउन नसकेको बताए ।

उनले भने, ‘प्रदर्शनीमा मेरो बाल्यकालदेखि अहिलेसम्मको कामहरु सबै छ । म ७५ वर्षको भए अझै धेरै गर्नुछ । युवा वर्गलाई देखाउनु छ । युवा वर्गको काम हेर्दा मलाई नेपाली कला युरोपमा भन्दा धेरै माथि गएको छ । त्यहाँ विद्यार्थीहरुबाटै धेरै काम हुन्छ तर यहाँ अवसर पाइँदैन ।’ यस्तै नेपाली कला संग्रहालयका प्रमुख क्यूरेटर राजन शाक्यले किरण एकल प्रदर्शनीले आत्मियता, क्यान्भासमार्फत अभिव्यक्त हुने ऊर्जा छुन सफल हुने बताए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ८ : ०४ बजे