Logo

प्रदेश

लागूऔषध एम्पुल र ट्याब्लेटसहित दुई जना पक्राउ



रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सूचनाका आधारमा गौर नगरपालिका वडा नम्बर १ मा रहेको शुभम होटल अगाडि चेकजाँच गर्दा लागूऔषध एम्पुल नौं सय वटा र ट्याब्लेट तीन हजार पिससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजदेबी नगरपालिका वडा नम्बर ८ का २३ बर्षका नितेश कुमार पाण्डेय र सोही स्थानका ३२ बर्षको पिन्टु कुमार यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नाइट्राभेट १८०० ट्याब्लेट, नेट्जिकेयर ९०० ट्याब्लेट , सानो पत्तामा रहेको नेट्जिकेयर ३०० ट्याब्लेट, डाइजापाम ३०० एम्पुल, फेनेरागन ३०० एम्पुल र बुपरेनोफिन इन्जेक्सन ३०० एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।

उनीहरुको साथबाट भारतीय नम्बरको बिआर ०५ यु ५८६० मोटरसाइकल र दुई थान मोबाईल बरामद गरिएको उनले जानकारी दिए ।

मोटरसाइकलमा कालो प्लास्टिक झोलामा लुकाइछिपाई राखिएको अवस्थामा  लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ८ : २८ बजे