काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैँ जोगाउनु पर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ ।’
यस्तै, उनले एउटा निश्चित कालखण्डको अभिलेख आफैमा सम्पदा भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।
साथै, जति पनि प्रधान न्यायालयसँग जोडिएका फैसलाका अंक र प्रकाशनहरु छन् त्यो एकदमै प्रशंसनिय काम भएको पनि उनको भनाई छ ।
प्रतिक्रिया