काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपालमा आयातलाई प्रतिस्थापन गर्ने तहको सम्भावनाहरु भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘हाम्रो उत्पादनले बजार पाउने कुरामा समस्या छ, उद्योगहरुले जटिल अवस्थामा उद्योग सञ्चालन गरिरहेका छन् । र त्यसको बजार नेपाली बजार मात्र होईन, अन्तराष्ट्रिय बजार पनि हुनुपर्छ तर हामीले सामान निर्यात गर्न धेरै जटिलताहरु छन् । हामी सबैभन्दा बढि यसमा केन्द्रीत भएर लागि रहेका छौ । आज हाम्रो लगानी, सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ । हामी अब वस्तुलाई निर्यात गर्ने तहमा, आयातलाई प्रतिस्थापन गर्ने तहमा हाम्रा सम्भावनाहरु छन् ।’
उनले व्यवसायीहरुको आशा र अपेक्षालाई पूरा गर्ने गरि मन्त्रालयले काम गर्ने तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यस्तै, उनले नेपालको अर्थतन्त्रमा समस्या आईरहेको बेलामा पनि सफलतापूर्वक व्यापार व्यवसाय गर्ने सबैलाई धन्यवाद दिदैँ सम्मानित भएका व्यक्तित्वहरुलाई आगामी यात्रा र सफलताको लागि शुभकामना पनि दिएका छन् ।
प्रतिक्रिया